आफुले चलाएको जिपमा सवार किशोरीलाई खराब मनशायले छुने एक जना जिप चालक स्याङ्जामा पक्राउ परेका छन्।
पोखराबाट वालिङ्तर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिपमा सवार १६ वर्षीया किशोरीलाई खराब मनशायले छोएर दुर्ब्यबहार गरेको आरोपमा उक्त जिपका चालक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर ७ यादी घर भएका ४९ वर्षीय जिप चालक अनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी प्रसंन्रराज चौधरीले जानकारी दिए।
उनलाई वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी पोस्ट रामबाच्छाको संयुक्त टोलीले गएको सोमबार दिउसो करीब साढे चार बजेको समयमा वालिङ् नगरपालिका वडा नम्बर १ रामबाच्छाबाट पक्राउ गरेको प्राप्त समाचारमा जानकारी दिइएको छ।
चालक गुरुङले आफुले चलाएको जिपको बायाँ सिटमा बसिरहेकी ती १६ वर्षीया किशोरीलाई अस्वाभाविक तरीकाले छुने लगायतका दुर्ब्यबहार गरेको आरोप लगाइएको छ।
अभियुक्त गुरुङबिरुद्ध बाल यौन दुरुपयोग सम्बन्धि मुद्दमा स्याङ्जा जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।