इनिशा विक वलात्कारपछि हत्या प्रकरण : प्रेमीसहित चारजना किशोर पुर्पक्षमा रहने गरी बाल सुधार गृह पठाइए

इनिशा विक वलात्कारपछि हत्या प्रकरण : प्रेमीसहित चारजना किशोर पुर्पक्षमा रहने गरी बाल सुधार गृह पठाइए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 2.5K
    Shares

पोखरा , १७ चैत २०८२।

सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको वलात्कारपछि हत्या गरेको आरोप लागेका उनको प्रेमीसहित चार जना किशोर बाल सुधार गृह पठाइएका छन्।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको बाल इजलासले इनिशा विकको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका चार जना अभियुक्तलाई पुर्पक्षमा रहने गरी बाल सुधार गृहमा पठाउने आदेश दिएकाकारण उनीहरुलाई बाल सुधार गृहमा पठाइएको हो।

सुर्खेत जिल्ला अदालतको बाल इजलासले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान नसकिँदासम्म उनीहरु चारै जनालाई बाल सुधार गृहमै राखेर मुद्दा अघि बढाउने आदेश गरेको प्राप्त समाचारमा जनाइएको छ। अदालतको आदेश बमोजिम उनीहरुलाई बाल सुधार गृह नेपालगन्ज पठाइने बताइएको छ । 

नेपालको कानूनले १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका मानेको छ र उनीहरुलाई जुनसुकै कारण भए पनि कारागार चलान गर्न मिल्दैन। उनीहरुलाई बाल सुधार गृहमा राखिनुपर्ने बैधानिक ब्यबस्था रहेको छ। सोहि बैधानिक ब्यबस्था अनुसार , उनीहरु १८ वर्ष मुनिका रहेकाले जेल नपठाई अदालतले बाल सुधार गृह पठाउन आदेश दिएको हो। नेपालको कानूनले बालबालिकाको परिचय खुलाउने वा उनीहरुको श्रब्य दृश्य सामाग्री सार्वजनिक गर्न समेत रोक लगाएको छ।

गत फागुन २३ मा सुर्खेतको जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, अस्पतालले मृत घोषण गरेको थियो । घटनापछि प्रहरीले अनुसन्धान गर्दै चार जना बालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया