रौतहटमा अदालतका डिट्ठासाप घुस रकमसहित रंगेहात पक्राउ

रौतहटमा अदालतका डिट्ठासाप घुस रकमसहित रंगेहात पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा , १७ चैत २०८२।

रौतहटमा अदालतका एकजना डिट्ठा साप घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

जिल्ला अदालत रौतहटका डिठ्ठा लव कुमार सिंह घुस रकमसहित आज रंगेहात पक्राउ परेका हुन्।

उनलाई ५० हजार नगद घुसरकमसहित अख्तियारको टोलीले आज रंगेहात पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

ख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट डीएसपी राजिव श्रेष्ठको कमान्डामा खटिएका टोलीले सेवाग्राहीसँग ५० हजार नगद घुस लिइसकेको अवस्थामा अदालतका कर्मचारी सिंहलाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार अदालतको फैसलाबमोजिम दर्ता-खारेजी पुर्जी गरी जग्गा फुकुवा गराइदिने नाममा सेवाग्राहीसँग घुस रकम माग गरिएको भने उजुरी आयोगमा पीडितले दिएको थियो  । उजुरीका आधारमा अख्तियारको टोलीले रंगेहात कर्मचारी सिंहलाई नियन्त्रणमा लिएको हो।

पक्राउका क्रममा डिठ्ठा सिंहबाट घुस रकम ५० हजार तथा एक थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ। सिंहलाई रौतहटको सदरमुकाम गौरमा रहेको रौतहट जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया