पोखराकी युवती जनकपुरको होटलमा मृत भेटिइन्

पोखराकी युवती जनकपुरको होटलमा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 4.6K
    Shares

पोखरा , १७ चैत २०८२।

पोखराकी एक युवती जनकपुरको एक होटलमा मृत अवस्थामा भेटिएकी छिन्।

पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरस्थित जुन तारा स्टापलाइन होटलमा मृत भेटिएकी हुन् ।

सोही होटलमा काम गर्दै आएकी जेनिशा आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । तर उनी बिहान ११ बजेतिर होटेलको काउन्टरनजिकै लडेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया