पोखरा , १७ चैत २०८२।
साथीको जन्मदिन मनाउन भनेर घरबाट हिडेकी एक किशोरी जंगलमा मृत भेटिएकी छिन्।
दाङको बबई गाउँपालिका वडा नं. ३ की १४ बर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार, उनी साथीको जन्मदिन मनाउन भन्दै गएको चैत १२ गते घरबाट निस्केकी थिइन्। तर सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।
परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।