पोखरा , १६ चैत २०८२।
जातीय विभेद गरेको आरोपमा जुम्लामा एक जना पक्राउ परेका छन्ला।
सामाजिक सञ्जालमा जातीय विभेद गरिएको भिडियो भाइरल भए पछि जुम्लाको गुठिचौर गाउँपालिका-३ की कविता बुढा पक्राउ परेकी हुन्।
आइतबार साँझ जुम्ला बजारको कालेखोलीस्थित एउटा होटेलमा राजबहादुर सुनारलाई गालीगलौज गरिरहेको भिडियो सामजिक सञ्जालमा भाइरल भए पछि जातीय विभेद गरेको आरोपमा कविता बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले जानकारी दिए। किन विवाद भयो भन्ने खुलेको छैन। जाहेरी आएपछि घटनाबारे थप सोधपुछ गरिने उनले बताए।
कविता बुढाले राजबहादुरलाई दुर्व्यवहार गरेको भिडिओमा देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि विरोध हुन थालेको छ।