लमजुङमा मिदिम हाइड्रोपावरको ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुई मजदुर घाइते

लमजुङमा मिदिम हाइड्रोपावरको ट्याक्टर दुर्घटना : चालकको मृत्यु, दुई मजदुर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ चैत्र २०८२
  • 2.8K
    Shares

पोखरा , १६ चैत २०८२।

 लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकबाट खसेर दुर्घटनाग्रस हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ । गम्भीर घाइते उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

सोहि दुर्घटनामा परेर ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई घाइते भएका प्रहरीले बताएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया