म्याग्दीमा पार्किङ गरि राखेको बोलेरो जिपमा आगजनी गरेको आरोपमा एक युवा पक्राउ

म्याग्दीमा पार्किङ गरि राखेको बोलेरो जिपमा आगजनी गरेको आरोपमा एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ चैत्र २०८२
  • 3.6K
    Shares

पोखरा , १५ चैत २०८२।

म्याग्दीमा पार्किङ गरि राखेको बोलेरो जिपमा आगजनी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

बेनी नगरपालिका वडा नं. २ हाडेभरमा पार्किङ गरि राखेको ग २ च १०५४ नं. को बोलेरो डबल क्याब जिप गएको चैत १० गते बिहान साढे पांच बजेको समयमा आगजनी गरेको आरोपमा एक जना युवा पक्राउ परेका हुन्।

पक्राउ परेका युवा पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ बस्ने बर्ष २१ को राज कुमार परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन्।

अभियुक्त परियारलाई गत शुक्रबार दिउसो करीब तीन बजेको समयमा बेनी नगरपालिका वडा नं. २ बाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त परियारबिरुद्ध अपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दा शिर्षकमा म्याग्दी जिल्ला अदालतबाट पांच दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया