पोखरा , १५ चैत २०८२।
नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शनिबार सातदोबाटोबाट पक्राउ गरेको हो।
संबिधान सभा सदस्य समेत रहेका एमाले नेता मल्ललाई बलात्कार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
यसअघि, मुगुको सोरु गाउँपालिका घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-७ बस्ने ५२ वर्षीय एमालेका प्रदेश सदस्य मल्लविरुद्ध कालिकोटकी एक महिलाले फागुन ५ गते प्रहरीमा जबरजस्ती करणी सम्बन्धि कसुरमा उजुरी दिएकी थिइन् ।
पीडित महिला केही समयअघि काठमाण्डौको माइतीघरमा अनशन पनि बसेकी थिइन् ।उनले आफुलाई बालकुमारीको एक होटलमा लगेर अभियुक्त मल्लले बलात्कार गरेको उनको आरोप छ ।
पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी ल्याएकी थिइन् भने पछि उनले बलात्कारको जाहेरी ल्याएकी थिइन्।
प्रहरीले अहिले मल्ललाई हिरासतमा राखेर घटनाबारे थप सोधपुछ र कानुनी प्रक्रिया सुरु गरेको छ।