काठमाडौँको ढुंगेअड्डामा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौँको ढुंगेअड्डामा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ चैत्र २०८२
  • 2.7K
    Shares

बसमा ठोक्कियो मोटरसाइकल

पोखरा , १५ चैत २०८२।

काठमाडौँको ढुङ्गेअड्डामा बसको ठक्करबाट शनिबार मोटरसाइकल चालकको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका-१५, ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका-१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा शनिबारै राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांकेतिक चित्र

प्रतिक्रिया