रोशी खोलाले बगाएर एक मजदुरको मृत्यु : बिपी राजमार्ग अवरुद्ध

रोशी खोलाले बगाएर एक मजदुरको मृत्यु : बिपी राजमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , १४ चैत २०८२।

अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने बिपी राजमार्ग अवरुद्ध भएको छ।

रोशी खोलामा आएको बाढीले बगाएर बिपी राजमार्गमा काम गर्ने मजदुर रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए ।

वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ बजेदेखि बिपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी ७ घुमाउनेडाँडा, रोशी ९ विरुवाडाँडा, रोशी ११ कालढुङगा र नमोबुद्ध न.पा ६ चौकीडाँडामा राजमार्ग पूर्ण रुपमा  अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सम्बन्धित निकायबाट सडक खुलाउने कार्य भइरहेको हुँदा सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया