नवलपरासीको दाउन्नेमा गएराती ट्रकले बस र पिकअपलाई ठक्कर दियो : तीन जनाको मृत्यु, १५ घाइते

नवलपरासीको दाउन्नेमा गएराती ट्रकले बस र पिकअपलाई ठक्कर दियो : तीन जनाको मृत्यु, १५ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , १४ चैत २०८२।

नवलपरासीको दाउन्नेमा गएराती ट्रकले बस र पिकअपलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई गएको राति अन्दाजी २:४० बजेको समयमा पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो भने १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार , ठक्करपछि पिकअप सडकको छेउमै रोकिएको थियो भने बस र ट्रक सडकबाट करिब एकसय देखि दुई सय मिटर तल खसेका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिमले दिएको जानकारी अनुसार । दुर्घटनामा ज्यान गुमाउने तीनै जना पुरुष हुन्। मृत्यु हुनेमा रोल्पाको बागमारा बस्ने अन्दाजी २५ वर्षका गोबिन बुढा रहेका छन्। अन्य दुई जना अन्दाजी २५–२६ र २८–३० वर्षका पुरुषको भने नाम, थर र ठेगाना खुल्न सकेको छैन। मृतकहरूको शव जिल्ला अस्पताल परासीमा राखिएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीर दत्त पन्तले जानकारी दिए।

दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ ।

लुम्बिनी सिटी अस्पतालमा रहेका घाइतेहरू

१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर

२) बस चालक ऐ. माडी बस्ने वर्ष अं.२४ को हिमाल घर्ती मगर

३) जिल्ला कञ्चनपुर कृष्णपुर गा.पा. ६ बस्ने वर्ष अं. २८ को लोकराज ओझा

४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न.पा. ७ बस्ने वर्ष २४ को सागर चौधरी

५) ऐ. बस्ने वर्ष १९ को जिवन चौधरी

६) जिल्ला काठमाडौ बस्ने वर्ष अं. २८ कि लक्ष्मी खत्री

७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं. १९ को किरण पुन मगर

८) ऐ. बस्ने वर्ष ४८ कि सुशिला नेपाली

९) जिल्ला रोल्पा माडि गा. पा. ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी

१०) ऐ. बस्ने वर्ष अं. ६२ को झुप बहादुर घर्ती

११) ऐ. ३ बस्ने वर्ष अं. ६२ को तिर्थ बहादुर पुन

१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपाली

१३) १ जना महिलाको अ.बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेकाे एक जना

चिसापानी अस्पतालमा उपचार भइरहेका घाइतेहरु

१)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ

२)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं. २९ को आषिक गुरुङ

प्रतिक्रिया