पोखरा , १४ चैत २०८२।
अविरल बर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ भने सात जना मानिसहरू फसेका छन् ।
प्रहरीका अनुसार एउटा गाडी बगाएको छ । गाडी बगाउन लागेपछि यात्रुहरू झरेर ठूलो ढुङ्गामा चढेर बसेका छन् । पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको काभ्रे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै फसेका सात जनाको उद्धारको प्रयास भइरहेको छ ।फाइल चित्र