धनुषाका हरेराम साहबाट पांच करोड ७० लाख रुपैयाँ ठगी : काठमाण्डौबाट दुई जना पक्राउ

धनुषाका हरेराम साहबाट पांच करोड ७० लाख रुपैयाँ ठगी : काठमाण्डौबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , १३ चैत २०८२।

झन्डै पांच करोड ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको कागेश्वरी मनोहरा–८ बाट मंगलबार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दामा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ शिवचोक घर भई हाल काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ५८ वर्षीय कृष्ण प्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० घर भएकी २८ वर्षीया सरिता गुनी रहेका छन्। उनीहरु ठगी, आपराधिक विश्वाघात तथा आपराधिक लाभ कसुर सम्बन्धी मुद्दामा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति जारी भई फरार रहेका थिए। उनीहरूले धनुषाका हरेराम साहबाट ५ करोड ७० लाख रुपैयाँ ठगी गरेको आरोप छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ।

अनुसन्धानका क्रममा सरिता गुनी विरूद्ध २०८१ माघ २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो रकम रू ३२ लाखको बैंकिङ कसुरमा र २०८२ जेठ ९ गते जिल्ला प्रहरी कार्यालय चितवनमै बिगो रकम रू ३० लाखको बैंकिङ कसुरमा मुद्दा दर्ता भएको देखिएको छ। यो सहित उनीविरुद्ध कुल बिगो रकम ६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया