पोखरा , १३ चैत २०८२।
भाइको काजकि’रिया सकेर गएराती दाङ पुगेका लेखा अधिकृतले श्रीमतीकाे ह’त्या गरेका छन्।
पर्सा जिल्लाको बीरगन्जस्थति एक सरकारी कार्यालयमा लेखा अधिकृत रहेका र हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी बस्दै आएका ३४ वर्षीय गोपाल ओलीले गएराती आफ्नी २७ वर्षीया श्रीमती कमला ओलीको हत्या गरेका हुन् ।
गएको चैत १ गते रुकुम पश्चिमको मुसिकोट–१ स्थित बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका भाई महेन्द्र ओलीको काजकि’रिया सकेर बुधबार मात्रै दाङस्थित घर फर्किएका लेखा अधिकृत ओलीले बिहीबार साँझ करिब साढे ७ बजे आफ्नी श्रीमती कमला ओलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार, गोपालले धा’रिलो हति’यार प्र’हार गर्दा कमलाको टाउको र अनुहारमा ग’म्भीर चो’ट लागेको थियो। गम्भी’र घा’इते भएकी उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको भए पनि चिकित्सकले मृ’त घोषणा गरेका थिए। प्रहरीले आ’रोपी गोपाल ओलीलाई नि’यन्त्रणमा लिएको छ र घटनाबारे थप अनुस’न्धान भइरहेको जनाएको छ।
पारिवारिक स्रोतका अनुसार , उनीहरुबीच लामो समयदेखि पारिवारिक विवाद थियो र त्यो बिबाद अदालतसम्म पुगेको छ। अहिले उनीहरु बिचको सम्बन्ध बिच्छेद सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।
उनी जिल्ला भन्दा बाहिर कार्यक्षेत्र भएकाले कहिले काही मात्रै आउथे । उनीहरुबीच अदालतमा मुद्दा चल्न थालेपछि उनी घर आउने क्रम झनै पातलिएको थियो । उनीहरुका करिब ९ बर्षीय छोरा र ६ बर्षीया छोरी छन् ।