पोखरा , ११ चैत २०८२।
नुवाकोटमा स्काभेटर दुर्घटना हुँदा दुई जनाकाे घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको शिवपुरी-३ लखिनेश्वरी झर्ना नजिक बाटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर स्काभेटर दुर्घटनाग्रस्त हुँदा दुई जनाकाे घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा चालक ललितपुरको बासिन्दा भन्ने खुलेपनि नाम खुल्न सकेको छैन भने अर्का मृतक नुवाकोट शिवपुरी ३ निबासी निर्माण समितिका कोषाध्यक्ष फुलमान तामाङको निधन भएको प्रहरीले जानकारी दिएको छ।