आफुले हत्या गरेकी श्रीमतीको शब कल्भर्टमुनि फालेर प्रहरीमा खोजीको लागि निबेदन युवा बिराटनगरबाट पक्राउ

आफुले हत्या गरेकी श्रीमतीको शब कल्भर्टमुनि फालेर प्रहरीमा खोजीको लागि निबेदन युवा बिराटनगरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ चैत्र २०८२
  • 3K
    Shares

पोखरा , ११ चैत २०८२।

श्रीमतीको हत्या गरेर घरभन्दा झन्डै पांच किलोमिटर टाढा रहेको कल्भर्टमुनि लुकाएर खोजीका लागि प्रहरीमा निबेदन युवालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको छ।

आफ्नी ३२ वर्षीया श्रीमती कोमलकुमारी साहको हत्या गरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालेर खोजीका लागि प्रहरीमा निबेदन दिएका विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार , कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । रोशनले नै पत्नी हराएको नाटक गर्दै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ । उनले हातखुट्टा बाँधी पत्नीको शवलाई तन्नाले बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पत्नीको हत्यापछि शव व्यवस्थापन गरेर घटना लुकाउनलाई घरदेखि करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको उक्त स्थान रोजिएको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।
शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । त्यसपछि प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै जाँदा उक्त शब् कोमलकुमारी साह रहेको पुष्टि भएको प्रहरीले बताएको छ।

प्रहरीले रोशन साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिसकेका छन् । हाल उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन् । उनीविरुद्ध कर्तव्य ज्यान चलाउने प्रहरीको तयारी छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

घटनास्थलबाट शवलाई कानुनी प्रक्रिया पूरा गरी गएको राति करिब १० बजेतिर पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टम रिपोर्टपछि घटनाका थप तथ्यहरू सार्वजनिक हुने प्रहरीले जनाएको छ ।
यस घटनाको पृष्ठभूमिमा दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास मुख्य कारणका रूपमा देखिएको छ । प्रहरी स्रोतका अनुसार रोशनले पत्नीको परपुरुषसँग सम्बन्ध रहेको आशंकामा बारम्बार विवाद गर्दै आएका थिए । यही शंका र विवादले अन्ततः ज्यानै लिने निर्णयसम्म पुर्‍याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया