पोखरा , ११ चैत २०८२।
आफ्नी ७९ वर्षीया बृद्धा आमालाई निलडाम हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट एक जना युवालाई पक्राउ गरेको छ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, क्याम्पस मोडका ३७ वर्षीय यशिस घिमिरेलाई आफ्नी ७९ वर्षीया बृद्धा आमा चन्द्रमाया घिमिरेमाथि निलडाम हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
छोराको कुटाईबाट आँखा नै हेर्न नमिल्ने गरी दुवै आँखामा चोट भएको देखिएको एउटा भिडियो सामाजिक संजालमा भाइरल भए पछि आबश्यक अनुसन्धानका लागि ३७ वर्षीय यशिस घिमिरेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
उक्त भिडियोमा ती बृद्धा आमाले आफुलाई छोरा यशिस घिमिरेले कुटेको छिन्। पीडित वृद्ध आमाको उद्धार गरी उपचार भइरहेको छ भने पक्राउ परेका छोरामाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बैसाखीको सहारामा हिँड्ने असहाय आमामाथि छोराले गरेको अमानवीय व्यवहारको यतिबेला सर्वत्र बिरोध भैरहेको छ।
स्थानीयका अनुसार वृद्ध आमामाथि छोरा आशिषले गर्ने यस्तो अत्याचार हालको मात्र घटना होइन। विगत दुई वर्षदेखि उनले आमालाई निरन्तर शारीरिक र मानसिक या’तना दिँदै आएको छिमेकीहरूले बताएका छन्।