विराटनगरमा कल्भर्टमुनि भेटियो, कपडाले बेरेको अवस्थामा महिलाको शव

विराटनगरमा कल्भर्टमुनि भेटियो, कपडाले बेरेको अवस्थामा महिलाको शव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , १० चैत २०८२।

विराटनगरमा कल्भर्टमुनि कपडाले बेरेको अवस्थामा महिलाको शव भेटिएको छ।

विराटनगर महानगरपालिका १७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्ट मुनि मंगलबार बेलुका एक महिलाको शव तन्नाले वेरिएको अवस्थामा भेटिएको हो ।

उक्त शबको सनाखत हुन् बाँकी रहेको र पोस्टमार्टमका लागि कोशी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया