डोटीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

डोटीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०८२
  • 2K
    Shares

पोखरा , १० चैत २०८२।

डोटीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डस्थित घुम्तीमा अनियन्त्रित भै दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनमा परेर जिप चालक आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउले बस्ने वर्ष अन्दाजी २२ को सुबोध रोकाया र सोही ठाउँका अन्दाजी बर्ष १९ को कैलाश बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गए राती करिब साढे बाह्र बजेतिर दुर्घटना भएको र करिब १ बजेतिर स्थानियले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा नौ जनाको टोली खटिएको थियो ।

घटनास्थलमा पुगी जिपको खोजतलास गर्दा सडकबाट अन्दाजी ९ सय मिटर तल साईली खोलामा मृत अवस्थामा फेला परेका र मृतक दुबै जनाको लाश घटनास्थलबाट सडक सम्म ल्याउने कार्य भइरहेको जनाइएको छ । फाइल चित्र

प्रतिक्रिया