दुई खिली चुरोटको पैसा माग्दा ६० वर्षीया महिलाको हत्या गरेर भागेका किशोर रुपन्देहीमा पक्राउ

दुई खिली चुरोटको पैसा माग्दा ६० वर्षीया महिलाको हत्या गरेर भागेका किशोर रुपन्देहीमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०८२
  • 1.9K
    Shares

पोखरा , १० चैत २०८२।

दुई खिली चुरोटको पैसा माग्दा ६० वर्षीया महिलाको हत्या गरेर भागेका किशोर रुपन्देहीमा पक्राउ परेका छन्।

दुई खिली चुरोटको पैसा माग्दा शुद्धोधन गाउँपालिका– १ सिसै बस्ने ६० वर्षीया रेनु पटवारको हत्या गरेर भागेका किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

गएको चैत २ गते राति करिब ११ बजे आफ्नो पसलमै सुतिरहेको अवस्थामा रेनु पटवारको हत्या गरेर भागेका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीका अनुसार , सानो पसल गर्दै आएकी रेनु पसलमै सुत्ने रेनुले चुरोट पसलमा आएका ती किशोरसंग चुरोटको पैसा नदिएपछि बिबाद भएको र सोही क्रममा तत्कालै पसलमा रहेको कैँचीले रेनुको अनुहार, टाउको, हात र घाँटीलगायत शरीरका विभिन्न भागमा आक्रमण गरी बीभत्स हत्या गरेको प्रनाउ चन्दले बताए।

प्रारम्भिक बयानका क्रममा किशोरले हत्या गरेको स्विकारेका छन्। चुरोटको तलतल लागेपछि किन्न गएकोमा पैसा नदिएपछि रेनुले थप्पड हानेकाले आवेशमा आएर कैँचीले हानेको किशोरले स्विकारेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनापछि किशोर आफ्नै घरमा गएका थिए। लुगा तथा शरिर धुने पखाल्ने गरी उनी घरमै सुतेका थिए।

लागुऔषध सेवनकर्ता समेत रहेका किशोर बिरुद्ध कर्तब्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया