पोखरामा आज बिहान एक घण्टा यी क्षेत्रहरुमा बिजुली नआउने

पोखरामा आज बिहान एक घण्टा यी क्षेत्रहरुमा बिजुली नआउने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०८२
  • 2K
    Shares

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र

पोखरा , १० चैत २०८२।

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले आज बिहान पोखराका दुई फिडर अन्तरगतका क्षेत्रहरुमा एक घण्टा बिजुली नआउने जानकारी दिएको छ।

प्राधिकरणले एक सार्वजनिक सुचना जारी गरेर आज बिहान ९ बजे देखि १० बजेसम्म ११ केभी शहिदचोक र बैदाम फिडर अन्तरगतका क्षेत्रहरुमा एक घण्टा बिजुली नआउने जानकारी दिएको हो ।

पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सबस्टेशनभित्र रहेका ११ केभी फिडरहरूको प्यानलमा जडित प्रोटेक्सन रिले परीक्षण तथा प्यानल ओभरहोलिङ कार्य गर्न लागिएको हो । साथै, पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (अन्डरग्राउण्ड) अन्तर्गत पोल इरेक्शन कार्यसमेत सोही समयमा गरिने प्राधिकरणले  जानकारी दिएको छ ।

प्राधिकरणले यसबाट पर्न सक्ने असुविधाप्रति ग्राहकसँग क्षमायाचना गर्दै काम चाडै सम्पन्न भएमा निर्धारित समयभन्दा अगाडि नै विद्युत सेवा सुचारु गरिने बताएको  छ।

प्रतिक्रिया