पोखरा, १० चैत २०८२।
पर्बतमा यूरिया मल बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
युरिया मल बोकेर फलेवासतर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको बोलेरो जीप कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको मुडिकुवा (सिरसुवा) क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनमा गम्भीर घाइते भएका जिप चालक फलेवास नगरपालिका–खानीगाउँ निवासी ३५ वर्षीय सज्जन परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।