पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ चैत्र २०८२
  • 2.3K
    Shares

एमाले नेता भीम आचार्य, bhim acharya

पोखरा, ९ चैत २०८२।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले साढे दुई लाख रुपियाँ धरौटी माग गरेको छ। 

सोमबार विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री आचार्यसंग विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाशले साढे दुई लाख रुपियाँ धरौटी लिएर तारेखमा मा छाड्न आदेश दिएको हो। उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन्। 

उनी पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वाभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले गत मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो। यस मुद्दामा ५५ जनालाई विपक्षी बनाइएको छ। उनीहरूबाट आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो कायम गरी असुल उपर गर्न माग दाबी गरिएको छ।

प्रतिक्रिया