रामेछापमा सुमो दुर्घटना : चालकसहित कुल ६ जना घाइते

रामेछापमा सुमो दुर्घटना : चालकसहित कुल ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा, ९ चैत २०८२।

रामेछापमा यात्रुवाहक सुमो दुर्घटना हुँदा चालकसहित कुल ६ जना घाइते भएका छन् ।

खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान दुर्घटनाग्रस्त हुँदा चालकसहित कुल ६ जना घाइते भएका हुन् ।

उक्त जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया