पोखरा, ९ चैत २०८२।
आफ्नो छ वर्षीय छोरालाई मरणासन्न हुनेगरी निर्घात कुटपिट गर्ने निर्दयी आमा झापामा पक्राउ परेकी छिन्।
जिल्लाको बिर्तामोड-५ की २५ वर्षीया सुमित्रा लामगादे आफ्नो छ वर्षीय छोरालाई मरणासन्न हुनेगरी निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेकी हुन्।
प्राप्त विवरण अनुसार , अभियुक्त लामगादेले शनिबार दिउँसो ४ बजे आफ्ना छोरा रुक्सन लामगादेलाई शरीरको विभिन्न भागमा निलडाम तथा चोट देखिने गरी निर्घात कुटपिट गरेकी थिइन् । त्यो चोट र निलडाम लिएर पढ्न स्कुल गएका रुक्सनको शरीरको विभिन्न भागमा निलडाम तथा चोट देखे पछि सुनगाभा बोर्डिङ स्कुलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो । अभियुक्त लामगादेले छोरालाई चक्कु र ब्लेड प्रयोग गरेर यातना दिने गरेको बताइएको छ ।
त्यसपछि प्रहरी टोली खटिएर कुटपिट गर्ने आमा सुमित्रालाई नियन्त्रणमा लिएको हो । घाइते बालकलाई हजुरबुबाको साथमा उपचारको लागि आशा मेडिकल पठाइएको छ ।
आमा सुमित्रालाई क्षितिज सुधारकेन्द्रमा राखिएको प्रहरीले जनाएको छ । सुमित्राले मदिरा सेवन गरेर छोरालाई कुटपटि गर्ने गरेको प्रहरीको भनाइ छ ।