पाल्पाको तिनाउ खोलामा दुई भारतीय पर्यटक बेपत्ता

पाल्पाको तिनाउ खोलामा दुई भारतीय पर्यटक बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ चैत्र २०८२
  • 2.6K
    Shares

पोखरा, ९ चैत २०८२।

पाल्पाको तिनाउ खोलामा दुई जना भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू बेपत्ता भएका हुन्।

पौडी खेल्न गएका पांच जनामध्ये दुई जना पुरुष बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए। उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटेको छ । बेपत्ता हुनेहरूको नाम र ठेगाना खुल्न बाँकी छ ।

प्रतिक्रिया