पोखरा, ८ चैत २०८२।
पाल्पाको माथागढी गाउँपालिका–७ झडेवासस्थित कच्ची सडक खण्डमा शनिबार साँझ करिब ६ बजे भएको ट्रिपर दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। यससंगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
सोहि दुर्घटनामा ट्रिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार , सोही स्थानका २६ वर्षीय सुनिल बि.क र रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार शनिबार राति माथागढी गाउँपालिका–४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ रहेको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली ट्रिपर सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा चालकसहित चार जना सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।