काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा, ७ चैत २०८२।

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । 

कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा ठक्कर दिंदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए । 

प्रतिक्रिया