बैतडीमा गएराती ट्रक दुर्घटना : चालकसहित चार जना घाइते

बैतडीमा गएराती ट्रक दुर्घटना : चालकसहित चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ चैत्र २०८२
  • 2.1K
    Shares

पोखरा, ७ चैत २०८२।

बैतडीस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ख २८०९ नम्बरको करिब २० टन लोड बोकेको ट्रक शुक्रबार राति करिब १:१५ बजे बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त हुँदा चालकसहित चार जना घाइते भएका हुन्।

दुर्घटनामा परेका चारै जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया