ऋण नपाएको झोकमा बैंकको हाकिममाथि हातपात गर्ने महिला पाल्पा प्रहरीको नियन्त्रणमा

ऋण नपाएको झोकमा बैंकको हाकिममाथि हातपात गर्ने महिला पाल्पा प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ चैत्र २०८२
  • 3K
    Shares

पोखरा, ७ चैत २०८२।

ऋण नपाएको झोकमा बैंकको हाकिममाथि हातपात गरेको आरोपमा एक उद्यमी महिला पाल्पामा पक्राउ परेकी छिन्।

हिमालयन वैंक पाल्पा शाखाका प्रवन्धक प्रकाश सुवेदी माथि हातपात गरेको आरोपमा पाल्पाबाट एक उद्यमी महिला पक्राउ परेकी हुन्। पक्राउ परेकी उद्यमी महिला रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टोर्स पाल्पा तानसेनकी प्रोप्राराईटर मन्जु रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त रेग्मीबिरुद्ध उनले ऋण नपाएको झोकमा बैंकका हाकिम सुबेदीमाथि २०८२ माघ २५ गते दिउसो करिव ३ बजेको समयमा हातपात गरेको आरोप लगाइएको छ ।

रेग्मीले हातपात गरे पछि हिमालयन बैकको तर्फबाट हातपात र अभद्रव्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पा समक्ष बैंकका म्यानेजर प्रकाश सुवेदीले लिखित जाहेरी दिएका थिए । जाहेरी पछि, रेग्मीलाई प्रहरीले निगरानी राखेको थियो । प्रहरीले शुक्रबार नियन्त्रण लिए पछि, आरोपि मन्जु रेग्मीले भने,आफुले गल्ती नगरेको जिकिर गरेकी छन् ।




प्रतिक्रिया