नक्कली अमेरिकन आर्मी बनेर रकम ठगी गरेको आरोप लागेका स्याङ्जाका युवा काठमाण्डौमा पक्राउ

नक्कली अमेरिकन आर्मी बनेर रकम ठगी गरेको आरोप लागेका स्याङ्जाका युवा काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा, ६ चैत २०८२।

नक्कली अमेरिकन आर्मी बनेर रकम ठगी गरेको आरोप लागेका स्याङ्जाका युवा काठमाण्डौमा पक्राउ परेका छन्।

आफू अमेरिकन आर्मी भएको दाबी गर्दै सामाजिक सञ्जाल ह्वाट्सएपबाट कुराकानी गरेर ठगी गरेको आरोपमा स्याङ्जाको बिरुवा गाउँपालिका-२ का ३४ वर्षीय भेषराज वाग्ले काठमाण्डौमा पक्राउ परेका हुन्। अभियुक्त वाग्लेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलिले थानकोटबाट पक्राउ गरेको हो। 

सामाजिक सन्जालमा आफ्नो नाम विशाल थापा क्षेत्री बताउने वाग्लेले विभिन्न बहाना बनाई (विशेषत: महिलाहरुलाई तार्गेट बनाई) प्रलोभनमा पारी हाल विदामा नेपालमा जग्गाको कर तिर्न आएको लगायतको झुठ्ठा आश्वासन दिलाई आफ्नो खातामा लिमिट लागेको बहाना बनाई रकम माग गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

उनीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया