झापाको दमकका व्यवसायी रूपनारायण न्यौपाने मृत भेटिए

झापाको दमकका व्यवसायी रूपनारायण न्यौपाने मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ चैत्र २०८२
  • 3.4K
    Shares

रुपनारायण न्यौपाने, rup narayan neupane

पोखरा , ५ चैत २०८२।

झापाको दमकका व्यवसायी रूपनारायण न्यौपाने मृत भेटिएका छन्।

५० वर्षीय न्यौपाने आज बिहान गौरीगञ्ज गाउँपालिका-१ स्थित कुन्जीबारीमा मृत भेटिएका हुन्। उनी झुन्डिएको अवस्थामा भेटिएका थिए ।

दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा बुधबार खेती हेर्न भएका उनी मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

सडक विभाग कार्यालयअगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगञ्ज–१ स्थित सीमा प्रहरी बेस क्याम्प पूर्वतर्फको बगान क्षेत्रमा हिलाम्मे शरीरसहित सानो रुखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

हिलाम्मे अवस्था र मोटरसाइकल घटनास्थलबाट टाढा रहेको पाइएकाले पनि घटना शंकास्पद रहेको न्यौपाने परिवारको भनाइ छ । प्रहरीले शवको कानुनी मचुल्का उठाएर पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले शवको मुचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको छ। दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपानेले दमकमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्थे। उनका श्रीमती र दुई छोरा छन्।

प्रतिक्रिया