बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल घुमघाममा

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल घुमघाममा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ चैत्र २०८२
  • 3.4K
    Shares

पोखरा , ५ चैत २०८२।

बलिउड अभिनेत्री तथा मोडल सन्नी लियोन नेपाल आएकी छन् । गत मंगलबार काठमाडौँ ओर्लिएकी उनी आज नगरकोट पुगेकी छन् । 

यसअघि सन्नी नेपाल आउँदा राम्रै चर्चा हुने गरेको थियो । यसपटक भने उनी श्रीमान डेनियल वेभरसँग गुपचुपमा काठमाडौँ आएकी हुन् । 

नगरकोट घुमिरहेको तस्विर सामाजिक सञ्जालमा हालेपछि उनी नेपालमा रहेको खुलेको हो । बलिउडमा ‘आइटम गर्ल’को छवि बनाएकी सन्नी दुई महिनाअघि पनि एक क्यासिनो उद्धघाटनमा सहभागी हुन काठमाडौँ आएकी थिइन् ।

उनले बुधबार पति सहित नगरकोटको भ्यु टावर घुमेकी छन् । त्यहाँ घुमेको र दृश्यावलोकन गरेको तस्बिर तथा भिडियो सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।

लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका थिए । सन्नीले केही वर्ष पहिले प्रदर्शनमा आएको नेपाली फिल्म ‘पासवार्ड’ मा समेत नृत्य गरेकी थिइन् ।

प्रतिक्रिया