धरानमा पत्रकार महिलाविरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ

धरानमा पत्रकार महिलाविरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ चैत्र २०८२
  • 2.6K
    Shares

पोखरा , ५ चैत २०८२।

 धरानमा पत्रकार महिलाकाविरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ परेका छन ।

असान्दर्भिक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरि चरित्र हत्या गरेको आरोपमा धरान उपमहानगर पालिका वडा नम्वर १२ बस्ने फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाविरुद्व पिडित पत्रकार महिलाले किटानी जाहेरी दिएकी थिइन । शेर्पालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७(१) बमोजिमको कसुर अपराधमा इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी परेको छ ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा गलत तरिकाले पोस्ट गर्दै गालीगलौज तथा अपमानजनक टिप्पणी गरि चरीत्र हत्या गरेको प्रहरीले जनाएको छ । सो घटनामा थप चार जना विरुद्व जाहेरी परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक भिषण बहादुर राईले घटनामा संलग्न निशा राई, सन्देश खालिङ , अगम राई, पुर्ण तामाङलगायतको खोजी कार्य भइरहेको बताए ।

उनले भने ‘पक्राउ परेकालाई म्याद थप गरि मुद्वा चलाउने तयारी भइरहेको छ । अरुको खोजी जारी छ ।’ उनीहरुले पत्रकार महिलाको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए ।

प्रतिक्रिया