पोखरा , ५ चैत २०८२।
कैलालीमा श्रीमतीको हत्या गरेर एक जनाले आफूले आफैलाई गाेली चलाएका छन्।
गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएकी २८ वर्षीया श्रीमती संजिता मगरकाे हत्या गरेर आफुले आफैलाई गोली चलाएका हुन् ।
कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेकाे बताए ।
श्रीमतीकाे हत्यापछि उनले सोही बन्दुकले आफैलाई गोली हानेका थिए । घाइते अवस्थाका उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनकी श्रीमतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ। सांकेतिक चित्र