कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर भागेका युवा भारतबाट पक्राउ

कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर भागेका युवा भारतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ चैत्र २०८२
  • 3.6K
    Shares

कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर भागेका हरिश श्रेष्ठ भारतबाट पक्राउ

पोखरा , ५ चैत २०८२।

कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर भागेका युवा भारतबाट पक्राउ परेका छन्।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ सुर्खेती टोलमा ७५ वर्षीया सौतेनी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेर भागेका युवा भारतको बरेलीबाट पक्राउ परेका हुन्।

मंगलबार साँझ सौतेनी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेर भागेका करिब ५५ वर्षीय हरिप्रसाद श्रेष्ठलाई भारतीय प्रहरीको सहयोगमा भारतको बरेलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए। पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

हरिप्रसादले सौतेनी आमा बिन्द्रा श्रेष्ठको मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेर हत्या गरेका थिए भने उनले आक्रमण गर्दा गम्भीर घाइते बनेकी ५० वर्षीया भगवतीदेवी माझीको शुरुमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार गरिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रहरीका अनुसार पुरानो जग्गा–जमिन विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया