कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार

कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०८२
  • 3.1K
    Shares

पोखरा ,४ चैत २०८२।

 कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका-४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया सौतेनी आमा बिन्दा श्रेष्ठको हत्या गरेर ५० वर्षीय हरिप्रसाद श्रेष्ठ फरार भएका हुन्।

सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए।

सोही क्रममा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि श्रेष्ठ भने फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया