काठमाडौँमा दुई वटा गाडी आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई जना कार्यकर्ता पक्राउ

काठमाडौँमा दुई वटा गाडी आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई जना कार्यकर्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० फाल्गुन २०८२
  • 4.9K
    Shares

पोखरा,२० फागुन २०८२।

निर्वाचनको मुखमा काठमाडौँ उपत्यकामा दुई वटा गाडी आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाइँ समुहमा संलग्न सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ का ५५ वर्षीय कृष्ण मिजारलाई काठमाडौँ उपत्यकामा दुई वटा गाडी आगजनी गरेको आरोपमा चन्द्रागिरिबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दाबी गरे। उनीहरूले सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेका थिए। आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो ।

प्रतिक्रिया