आइलेन्सको प्रयोग गरी जुवामा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
एक चिनियाँ नागरिक र दुई नेपाली महिलालाई भने क्रमशः पाँच लाख रुपैयाँ र एकलाख रुपैयाँ धरौटी लिई छाडिएको छ ।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनास्टी इनटर्टेन्मेन्ट प्रालिमा क्यासिनो खेल्ने क्रममा आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोपमा चिनियाँ, भारतीय र नेपाली नागरिक पक्राउ परेका थिए ।


पक्राउ पर्नेमा हङकङ वाङ पु फा युआन जोउका क्यासिनो सञ्चालक च्यान म्यान चिङसहित भारतको उत्तर पश्चिम दिल्लीका सुरेश महाजन, उत्तराखण्ड देहरादूनका प्रमोद मौर्य, देहरादूनकै विक्रम सिंह र हरियानाका दिनेश वर्मा थिए ।
यस्तै पक्राउ पर्ने नेपालीहरुमा सुनसरी रामधुनीका चिजा खड्का र काठमाडौं टोखाकी भवानी पाण्ड़े थिए ।
चिनियाँ नागरिक चिङ पाँच लाख धरौटीमा छुटेका छन् भने नेपाली नागरिक १ लाख धरौटी तिरेर छुटेको प्रहरीले जनाएको छ । अन्य भारतीय नागरिकलाई भने पुर्पक्षका लागि कारागार पठाइएको छ ।
क्यासिनोबाट प्रहरीले आइलेन्स, तास, नगद रकम, मोबाइल फोन, राहदानी, एटिम कार्ड लगायतका सामग्री बरामद गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल स्थित छाँया सेन्टरमा रहेको Waldo
Dynasty Entertainment Pvt. Ltd. क्यासिनोमा आँखामा लगाउने Eye Lens
प्रयोग गरी तास स्पष्ट देख्ने माध्यमबाट जुवा खेली ठगी जन्य कार्य गरेको अभियोगमा
Eye Lens, तास, नगद रकम, मोबाइल फोन, राहदानी, ATM कार्ड लगायतका
सामग्री सहित ७ जनालाई पक्राउ गरि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि
अनुसन्धान भइरहेको सम्बन्धमा आज मिति २०८२/०९/२३ गते पक्राउ परेका मध्ये ४
जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार पठाइएको, चिनियाँ नागरिक ५
लाख धरौटी र २ जना महिलाहरू १ लाख धरौटी तिरेर छुटेको ।
१. भारत देश, उत्तर पश्चिम दिल्ली, रोहिणी सेक्टर १७ स्थायी ठेगाना भएका वर्ष
५७ को सुरेश महाजन । (पुर्पक्ष)
२. भारत देश, उत्तराखण्ड, विकासनगर, देहरादून स्थायी ठेगाना भएका वर्ष ३९ को
प्रमोद मौर्य । (पुर्पक्ष)
३. भारत देश, उत्तराखण्ड, विकासनगर, देहरादून स्थायी ठेगाना भएका वर्ष ३२ को
विक्रम सिंह । (पुर्पक्ष)
४. भारत देश, हरियाना प्रदेश कर्नाल जिल्ला किशानवस्ती निलोखेरी स्थायी ठेगाना
भएका बस्ने वर्ष ३७ को दिनेश वर्मा (पुर्पक्ष)
५. जिल्ला सुनसरी रामधुनी नगरपालिका ८ स्थायी ठेगाना भई बस्ने वर्ष ३५ की
चिजा खड्का ।(१ लाख धरौटी तिरेर छुटेको)
६. काठमाडौं जिल्ला टोखा नगरपालिका ८ बानियाटार बस्ने वर्ष ४० की भवानी
पाण्डे । (१ लाख धरौटी तिरेर छुटेको)
७. चिन देश, Hongkong, Wang Pu Fa Yuan Zhou स्थायी ठेगाना भएका वर्ष
७५ को Chan Man Ching (क्यासिनो संचालक ) (५ लाख धरौटी तिरेर छुटेको)