मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प

मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प


  • जन संचार
  • शनिबार, १९ पुष २०८२
  • 2.9K
    Shares

भुकम्प

काठमाडौँ, १९ पुष २०८२।

मेक्सिकोको दक्षिणी क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ।

स्थानीय समयानुसार बिहान ७:५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणी राज्य गुरेरोको सान मार्कोसबाट १५ किलोमिटर दक्षिणपश्चिममा १० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ।

मेक्सिको सिटीको राजधानी मेक्सिकोमा पनि भूकम्पको कम्पन महसुस भएको थियो।

शहरमा भूकम्पको महसुस हुनुभन्दा केही सेकेन्डअघि लाउडस्पिकरबाट भूकम्पीय चेतावनी दिइएको थियो।

भूकम्पको धक्का सोनोरा, बाजा क्यालिफोर्निया र ओक्साका राज्यमा महसुस गरिएको थियो।

भूकम्प प्रभावित क्षेत्रमा नागरिकहरूले परकम्प आउन सक्ने सम्भावनाप्रति सजक बन्दै सहरी क्षेत्रमा हजारौँ बासिन्दा शहरको खुला स्थानमा भेला भई आफन्तहरूको अवस्था बुझिरहेको देखिएको छ।

प्रतिक्रिया