भारतमा गुडिरहेको गाडीभित्रै आईटी कम्पनीकी महिला प्रबन्धक सामूहिक वलात्कृत, सीईओसहित तीन जना पक्राउ

भारतमा गुडिरहेको गाडीभित्रै आईटी कम्पनीकी महिला प्रबन्धक सामूहिक वलात्कृत, सीईओसहित तीन जना पक्राउ


  • जन संचार
  • आइतबार, १३ पुष २०८२
  • 3.8K
    Shares

एजेन्सीहरु

भारतीय राज्य राजस्थानको उदयपुरस्थित एक आईटी कम्पनीकी महिला प्रबन्धकलाई गुडिरहेको गाडीभित्रै सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। 

बीबीसी हिन्दीका अनुसार बलात्कार आरोपमा त्यही कम्पनीका सीईओ र कार्यकारी प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पीडित महिलाले यही  डिसेम्बर २३ मा उदयपुरको सुखेर प्रहरी कार्यालयमा दर्ता गराएको एफआईआरका आधारमा प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो। 

उदयपुरका प्रहरी अधीक्षक (एसपी) योगेश गोयलले भने, ‘प्रहरीले सामूहिक बलात्कार घटनामा भारतीय दण्ड संहिताको धारा ७० (१), ११५ (२), र ३०३ अन्तर्गत मुद्दा दर्ता गरेको छ। कम्पनीका सीईओ, महिला कार्यकारी प्रमुख र उनका पतिलाई पक्राउ गरी चार दिनको हिरासतमा राखिएको छ।’

घटनाबारे महिला अपराध तथा अनुसन्धान कक्षकी अतिरिक्त प्रहरी अधीक्षक माधुरी वर्माले अनुसन्धान गरिरहेकी छन्।

पीडित महिला प्रबन्धकले जाहेरीमा लेखेअनुसार डिसेम्बर २३ राति कम्पनीका सीईओको जन्मदिन तथा वर्ष अन्त्यको पार्टी आयोजना गरिएको थियो। पार्टीपछि अत्यधिक मादक पदार्थ पिएर उनी कम्पनीको महिला कार्यकारी प्रमुखको गाडीमा निस्किइन्।

पीडित महिलाको आरोप छ, ‘सीईओ र कार्यकारी प्रमुखका पति पहिले नै गाडीमा थिए। बाटोमा उनीहरूले मलाई धूमपान गराए, जसले गर्दा उनी बेहोस भइन्। त्यसपछि तीन जनाले मलाई बिहान १:४५ बजेदेखि बिहान ५ बजेसम्म कारमा घुमाए। यस क्रममा ममाथि बलात्कार गरियो।’

नयाँ वर्षअघि उदयपुरमा ठुलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन्। यस्तो अवस्थामा गुडिरहेको गाडीभित्रै सामूहिक बलात्कारको घटनाले प्रहरीको सुरक्षा व्यवस्थामा प्रश्न उठाएको छ।

प्रतिक्रिया