क्रिप्टो ठगीको आरोप लागेका रुसी दम्पत्तिको दुबईमा अपहरणपछि हत्या

क्रिप्टो ठगीको आरोप लागेका रुसी दम्पत्तिको दुबईमा अपहरणपछि हत्या


  • एजेन्सीहरु
  • आइतबार, २८ मंसिर २०८२
  • 2.2K
    Shares

पोखरा, २८ मङ्सिर २०८२।

दुबई नजिकैको मरुभूमिमा एक रुसी क्रिप्टो ठग र उनकी श्रीमतीको टुक्र्याइएको शव कंक्रिटमा गाडिएको अवस्थामा भेटिएको छ।

मरुभूमिमा गाडिएको अवस्थामा भेटिएका ३८ वर्षीय रोमन नोभाक र उनकी पत्नी अन्ना नोभाकलाई अपहरणपछि निर्मम यातना दिइएको आशंका गरिएको छ।

युएई प्रहरीले नोभेम्बरमै शव फेला पारे पनि विस्तृत विवरण हाल मात्र सार्वजनिक भएको हो। रुसी सञ्चारमाध्यमका अनुसार दुवै जनालाई क्रिप्टोकरेन्सी वालेटको जानकारी निकाल्न यातना दिइएको थियो। तर वालेट खाली भेटिएपछि उनीहरुको हत्या गरिएको बताइएको छ।

अनुसन्धानकर्ताका अनुसार नोभाक दम्पतीलाई एकअर्कामाथि छुरा प्रहार हुँदै गरेको दृश्य हेर्न बाध्य पारिएको थियो। हत्या पछि शव टुक्र्याएर कंक्रिट हालेर मरुभूमिमा गाडिएको र डिएनए प्रमाण नष्ट गर्न शक्तिशाली रसायन प्रयोग गरिएको आशंका गरिएको छ।

नोभाक दम्पती अक्टोबरमा सम्भावित लगानीकर्तासँग भेट गर्न दुबई पुगेका थिए, त्यसपछि उनीहरु सम्पर्कविहीन भएका थिए।

रुसी पत्रिका कोमसोमोल्स्काया प्राभ्दाले स्रोतलाई उद्धृत गर्दै नोभाकको ठूलो सम्पत्ति अपहरणकारी समूहका मुख्य योजनाकारको खातामा सारिएको हुनसक्ने जनाएको छ। अन्य संलग्नलाई क्रिप्टोको ज्ञान नहुँदा रकम एकै जनाले नियन्त्रण गरेको अनुमान छ।

यस घटनामा दुई रुसी र एक कजाख नागरिकसहित तीन जना हाल पूर्वथुनामा छन् भने अन्य सहयोगीहरु पनि पक्राउ परिसकेका छन्।

नोभाक यसअघि पनि क्रिप्टो ठगीका कारण जेल सजाय भोगेका व्यक्ति हुन्। उनले झुटा लगानी योजनामार्फत करोडौं डलर ठगेको आरोप छ। पछि युएई भागेर क्रिप्टो एक्सचेन्ज एप सञ्चालन गरेका थिए र करिब ५० करोड डलरसम्म ठगी गरेको दाबी गरिएको छ। यो घटनाले क्रिप्टो अपराधको कालो संसार कति खतरनाक हुन सक्छ भन्ने गम्भीर चेतावनी दिएको छ।

प्रतिक्रिया