जापानमा फेरि ६ . ७ म्याग्निच्युडको भूकम्पको धक्का : जारी भयो सुनामीको चेतावनी

जापानमा फेरि ६ . ७ म्याग्निच्युडको भूकम्पको धक्का : जारी भयो सुनामीको चेतावनी


  • एजेन्सीहरु
  • शुक्रबार, २६ मंसिर २०८२
  • 3.8K
    Shares

पोखरा, २६ मङ्सिर २०८२।

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा शुक्रबार (डिसेम्बर १२) बिहान ११:४४ बजे ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प आओमोरी प्रान्तको तटबाट करिब २० किलोमिटरको गहिराइमा गएको जापान मौसम विज्ञान एजेन्सी (JMA) ले जनाएको छ।

भूकम्पपछि होक्काइदो, आओमोरी, इवाते र मियागी प्रान्तका तटीय क्षेत्रहरूका लागि सुनामीको सल्लाह (Tsunami Advisory) जारी गरिएको छ। JMA का अनुसार, यस क्षेत्रमा १ मिटर (करिब ३ फिट) सम्मको छाल आउन सक्ने सम्भावना छ।

यसअघि सोमबार राति पनि सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो, जसले ३० भन्दा बढी मानिसलाई घाइते बनाएको थियो।

लगातार आइरहेका यी पराकम्पहरुका कारण ठूलो भूकम्प आउने जोखिम बढेको भन्दै विशेष सावधानी अपनाउन JMA ले सचेत गराएको छ।

शक्तिशाली भूकम्पपछि सरकारले थप ठूलो भूकम्प (मेगाक्वेक) आउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। यो ‘भूकम्पपछिको सल्लाह’ (Subsequent Earthquake Advisory) होक्काइदोदेखि चिबासम्मका १८२ नगरपालिकाहरूमा लागू गरिएको छ।
जापानी रेड क्रस होक्काइदो कलेज अफ नर्सिङका प्राध्यापक मासाहिरो नेमोतोले जाडो मौसममा भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीबारे विशेष सुझाव दिएका छन्। उनी भन्छन्, “जाडोमा जीउ वा लुगा भिजेमा शरीरको तापक्रम छिटो घट्न सक्छ र हाइपोथर्मियाको जोखिम हुन्छ।” त्यसैले शरीर पूरै ढाक्ने गरी पानी नछिर्ने लुगा (रेनकोट), टोपी र पन्जा तयार राख्न उनले सल्लाह दिएका छन्।
साथै, पोर्टेबल ट्वाइलेट, औषधि र तातो लुगाहरू तयारी अवस्थामा राख्न पनि अनुरोध गरिएको छ। सरकारी तथ्याङ्क अनुसार पूर्वतयारी र सचेतना अपनाएमा सम्भावित मानवीय क्षतिलाई ८० प्रतिशतले कम गर्न सकिने बताइएको छ।

प्रतिक्रिया