जेन जी आन्दोलनमा तनहुँ कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ

जेन जी आन्दोलनमा तनहुँ कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 2.5K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

जेन जी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट भागेका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्।

गएको भदौ २४ गते भएको आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ९ घर भएका २६ वर्षीय इश्वर परियार भन्ने इश्वर दर्जी स्याङ्जाबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उनको पुतलीबजार ९ स्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनी ज्यान सम्बन्धि कसुरमा दोषी ठहर भै तनहुँ जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका थिए।

प्रतिक्रिया