चर्चित कमेडियन कपिल शर्माको क्याफेमा भएका तीन गोलीकाण्डका मास्टर माइन्ड सेखोन भारतमै पक्राउ

चर्चित कमेडियन कपिल शर्माको क्याफेमा भएका तीन गोलीकाण्डका मास्टर माइन्ड सेखोन भारतमै पक्राउ


  • एजेन्सीहरु
  • शनिबार, १३ मंसिर २०८२
  • 4.4K
    Shares

पोखरा १३ मङ्सिर २०८२।
दिल्ली प्रहरीले क्यानडामा रहेका चर्चित कमेडियन कपिल शर्माको क्याप्स क्याफेमा भएका लगातार तीनवटा गोलीकाण्डको योजना बनाएको आरोप लागेका ग्याङ्स्टर गोल्डी ढिल्लन गिरोहका ह्यान्डलर बन्धुमान सिंह सेखोन पन्जाबको लुधियानाबाट पक्राउ परेका छन् ।

सेखोन कपिलको क्याफेमाथि जुलाई १०, अगस्ट ७ र अक्टोबर १८ मा भएका आक्रमणहरूका मुख्य योजनाकार रहेको भारतीय संचार माध्यमहरुले दाबी गरेका छन्।

प्रहरीले पक्राउका क्रममा सेखोनको साथबाट चीनमा बनेको उच्चस्तरीय PX-3 पेस्तोल र ८ वटा गोली बरामद गरेको छ।

दिल्ली अपराध शाखाले लामो समयदेखि उनको गतिविधि निगरानीमा राख्दै आएको र भारतमै लुकेर बसिरहेको सुराकी पाएपछि विशेष अपरेसनमार्फत उनलाई पक्राउ गरिएको जनाएको छ।

सेखोनले गोल्डी ढिल्लन र कुलवीर सिद्धु नेपालीसँग मिलेर क्यानडाबाट आक्रमण निर्देशित गर्ने, हतियार व्यवस्था गर्ने र छापामार आक्रमणका लागि व्यक्तिहरू परिचालन गर्ने काम गरेको अनुसन्धानले देखाएको छ। क्याफेमा भएका तीनवटै आक्रमणको जिम्मेवारी बिश्नोई–ढिल्लन गिरोहले लिएको थियो।

प्रहरीका अनुसार सेखोन भारत–क्यानडा गुन्डा सञ्जालको मुख्य संयोजकको रूपमा सक्रिय रहँदै आएको छ। उनी धम्की, जबरजस्ती चन्दा असुल्ने, फायरिङ तथा आपराधिक गतिविधि सञ्चालनमा संलग्न रहेको बताइएको छ। अब प्रहरीले ढिल्लन गिरोहका बाँकी सदस्यहरूलाई समात्न खोजी तीव्र बनाएको छ।

भारतीय सञ्चार माध्यमहरूले सेखोनको गिरफ्तारीलाई “अन्तर्राष्ट्रिय अपराध सञ्जालमाथिको ठूलो प्रहार” भन्दै महत्वपूणर् सफलता बताएका छन्।

प्रतिक्रिया