संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई हवाई प्रदर्शन (एयर शो) २०२५ का क्रममा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनामा परेको छ।
उक्त भारतीय लडाकू बिमान दुर्घटनामा परेर गम्भीर घाइते भएका विंग कमाण्डर पाइलट नमांश स्यालको उपचारका क्रममा मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ।
सामाजिक सञ्जालमा प्राप्त भिडियोमा विमान एकाएक सीधा जमिनतर्फ खस्दै गएको र त्यसपछि ठूलो आगो र कालो धुवाँ उठेको देखिन्छ।
पीटीआईका अनुसार विमान दुबईको अल–मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर शोको नियमित प्रदर्शन उडानमा सहभागी थियो।
भारतीय वायुसेनाले घटनाको विस्तृत जाँच शुरु गरेको जनाएको छ।