जर्जियामा टर्कीको सेनाको कार्गो विमान दुर्घटना : २० सैनिकको मृत्यु

जर्जियामा टर्कीको सेनाको कार्गो विमान दुर्घटना : २० सैनिकको मृत्यु


  • एजेन्सीहरु
  • बिहिबार, २७ कार्तिक २०८२
  • 3.6K
    Shares

पोखरा २७ कार्तिक २०८२।

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटनामा २० जना टर्कीका सैनिकको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

मध्य एसियाली देश अजरबैजानबाट टर्कीका लागि उडान भरेपछि C-१३० कलसाइन भएको हर्कुलस सैन्य कार्गाे विमान दुर्घटनाग्रस्त भएको थियो। जर्जियाको इन्टरप्रेस समाचार एजेन्सीले अजरबैजानको सीमामा रहेको पूर्वी जर्जियाको काखेती क्षेत्रको नगरपालिका सिघनाघीमा विमान दुर्घटनाग्रस्त भएको जनाएको छ।

टर्कीका समाचार माध्यमहरूमा प्रसारित भिडियो फुटेजमा विमान तल झर्दै र सेतो धुवाँको मुस्लो छोड्दै गरेको देखिन्छ। विमान दुर्घटनाको कारण पत्ता लागिसकेको छैन ।

टर्कीको राजधानी अंकारामा एक भाषणको अन्त्यमा, राष्ट्रपति रेसेप तैयप एर्दोगानले यो खबर सुनेर आफू दुःखी भएको र “हाम्रा शहीदहरू” प्रति समवेदना व्यक्त गरेको बताए।

सी–१३० हर्कुलस एक कार्गो, सेना र उपकरण वाहक विमान हो । यो विमानले उडान र अवतरणका लागि तयार नभएको धावनमार्ग समेत प्रयोग गर्न सक्छ ।

प्रतिक्रिया