भारतको लालकिल्लास्थित मेट्रो स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु

भारतको लालकिल्लास्थित मेट्रो स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु


  • एजेन्सी
  • सोमबार, २४ कार्तिक २०८२
  • 3.3K
    Shares

पोखरा २४ कार्तिक २०८२।

भारतको राजधानी नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। कम्तीमा तीन वटा गाडीमा आगो लागेको बताइएको छ।

‘यो निकै शक्तिशाली विस्फोट थियो,’ दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्।
विस्फोटको प्रकृतिबारे अध्ययन गर्न फरेन्सिक टोली पुगेको बताइएको छ।

‘लालकिल्ला मेट्रो स्टेसनको १ नम्भबर गेटमा पार्किङ गरिएको एउटा कारमा ठूलो विस्फोट भएको छ,’ दिल्लीको अग्नि नियन्त्रण सेवाले भनेको छ।

जलेको कारबाट धुवाँको मुस्लो उठेको दृश्य देखिएको छ। प्रहरी दिल्लीसहित अन्य शहर पनि सतर्कता बढाएको बताएको छ।

मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।

अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिँदै टेलिफोन गरिएको थियो।

कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्।

प्रतिक्रिया