हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान : दुई जना ग्राउन्ड स्टाफको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान : दुई जना ग्राउन्ड स्टाफको मृत्यु


  • एजेन्सीहरु
  • सोमबार, ३ कार्तिक २०८२
  • 4.9K
    Shares

काठमाडौँ, ३ कार्तिक २०८२।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान ३:४० बजे टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७-४८१ एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्दा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको छ।

दुबईबाट आएको उक्त हङकङ एमिरेट्सको उडान ईके९७८८ बिमान चिप्लिने क्रममा गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ र दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जानकारी दिएका छन् ।

जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।

दुर्घटनाका विषयमा विमानस्थल प्राधिकरणले सोमबार बिहान १० बजे (स्थानीय समय) पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रतिक्रिया